Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • भारतमाथि दक्षिण अफ्रिकाको दबाब

    भारतमाथि दक्षिण अफ्रिकाको दबाब

    अनलाइन नेपाल
  • बुधबार, २८ पुष २०७८
  • 963
    SHARES

    एजेन्सी । कप्तान विराट कोहलीले ७९ रन बनाए पनि भारतले दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्ट क्रिकेटमा बलियो सुरुआत गर्न सकेन । भारतले पहिलो इनिङ्समा २२३ रन बनाउँदा सबै विकेट गुमाएको छ ।

    केप टाउनमा पहिलो दिन सकिँदा घरेलु टोली दक्षिण अफ्रिका १७/१ को स्थितिमा छ । दक्षिण अफ्रिकाका कप्तान डिन इल्गर तीन रन बनाएर पवेलियन फर्किसकेका छन् । एइडेन मारक्रम ८ र केशव महाराज ६ रन बनाएर क्रिजमा छन् । इग्लरलाई जसप्रित बुमराहले चेतेश्वर पुजराको हातबाट क्याच गराएका हुन् ।



    त्यसअघि, कागिसो राबडाले ४ तथा मार्को जनसेनले ३ विकेट लिएपछि भारतका कप्तान कोहलीबाहेक अरू ब्याट्सम्यानले खुलेर प्रदर्शन गर्न सकेनन् ।



    कोहलीले १२ चौका र एक छक्का प्रहार गरे । पुजराले ४३ रन बनाए । रिशभ पन्तले २७ रन बनाउँदा मयांक अग्रवालले १५ र केएल राहुलले १२ रन जोडे । त्यस्तै, शार्दुल ठाकुरले १२ रन बनाउनुबाहेक अरू खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    घरेलु टोलीका राबडा र जनसेनबाहेक ड्वाने ओलिभर, लुङ्गी एनगिडी र महाराजको नाममा एकरएक विकेट रह्यो । तीन खेलको टेस्ट शृंखला १–१ को बराबरीमा छ । पहिलो खेल दक्षिण अफ्रिकाले सात विकेटले जितेको थियो भने दोस्रो खेलमा भारत ११३ रनले विजयी भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार