Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • चियाले जिब्रो पोलेपछि पवन सिंहले लगाइदिए मोनालिसाको मुखमा आगो (भिडियो)

    चियाले जिब्रो पोलेपछि पवन सिंहले लगाइदिए मोनालिसाको मुखमा आगो (भिडियो)

    अनलाइन नेपाल
  • बुधबार, २८ पुष २०७८
  • 2.8K
    SHARES

    काठमाडौँ ।  पवन सिंह भोजपुरी सिनेमाका शीर्ष स्टार मध्ये एक हुन् । उनले भोजपुरी उद्योगलाई धेरै सुपरहिट फिल्म दिएका छन् । उनका मसाला फिल्महरु निकै रुचाइएका छन् । पवन सिंहले गाएको ‘ललिपप लागेलु’ गीत देशभर चर्चामा छ ।

    अहिले सामाजिक सञ्जालमा पवन सिंहको एउटा भिडियो निकै भाइरल भइरहेको छ, जसमा उनले अभिनेत्री मोनालिसालाई चुम्बन गरिरहेको देखिन्छ ।



    वास्तवमा यो भिडियो पवन सिंह र मोनालिसाको सुपरहिट फिल्म ‘सरकार राज’ को हो । यो फिल्ममा दुवैको केमेस्ट्री निकै रुचाइएको थियो । भिडियोमा मोनालिसा तातो चिया पिउदै गर्दा उनको मुख जलेको देख्न सकिन्छ । पवन सिंह त्यहाँ आउँदा उनी ठूलो स्वरले कराउन थाल्छिन् ।



    सिंहले मोनालिसाको मुखमा फुकेपछि उनलाई चिसो हुन्छ । त्यसपछि उनी बिस्तारै मोनालिसाको नजिक पुग्छन् र उनको ओठमा चुम्बन गर्छन् । दुवै स्टारको यो भिडियोले इन्टरनेटमा आगो मच्चाएको छ ।

    पवन सिंह र मोनालिसाको यो किसिङ सीनको भिडियो सामाजिक सञ्जालमा छाएको छ । पवन र मोनालिसाको फिल्म ‘सरकार राज’ सन् २०१७ मा रिलिज भएको थियो ।अरविन्द चौधरीले निर्देशन गरेको यो ड्रामा एक्सन फिल्मलाई दर्शकले निकै रुचाएका थिए । यस फिल्ममा रानी चटर्जी र अक्षरा सिंह पनि देखिएका छन् ।

    हेर्नुहोस् भिडियो:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार