Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • एमाले जिल्ला अधिवेशन : भीम रावलको गृहजिल्लामा ओली पक्षका बोहरा विजयी

    एमाले जिल्ला अधिवेशन : भीम रावलको गृहजिल्लामा ओली पक्षका बोहरा विजयी

    अनलाइन नेपाल
  • बुधबार, २८ पुष २०७८
  • 1.1K
    SHARES

    अछाम । नेकपा (एमाले) अछामको अध्यक्षमा संस्थापन पक्षका प्रत्यासी चन्द्रबहादुर बोहरा ४३१ मत ल्याएर वियजी भएका छन् ।

    केपी शर्मा ओलीसँग अध्यक्षका प्रतिद्वन्दी भीम रावल पक्षका उम्मेद्वार प्रकाशबहादुर शाहलाई एकसय २५ मतले पछि पार्दै बोहरा अध्यक्षमा विजयी भएका हुन् ।



    खसेको ७५० मतमा शाहले ३०७ मत ल्याएर अध्यक्ष पदमा पराजित भएको निर्वाचन समितिले जानकारी दिएको छ । बोहरा ओली र शाहले रावल पक्षमा प्यानल नै बनाएर निर्वाचन प्रक्रियामा सहभागी भएका थिए ।



    उपाध्यक्षमा शाह प्यानलका उपाध्यक्ष बलबहादुर कुँवरले तीनसय १३ मत ल्याएर विजयी भएका छन् । सचिवमा पनि शाह पक्षकै भीमबहादुर रावल (कालोटोपी) चारसय ५३ मतले विजयी भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार