Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • दक्षिण अफ्रिकाविरुद्ध भारतलाई ७० रनको अग्रता

    दक्षिण अफ्रिकाविरुद्ध भारतलाई ७० रनको अग्रता

    अनलाइन नेपाल
  • बिहिबार, २९ पुष २०७८
  • 1.2K
    SHARES

    एजेन्सी । जसप्रित बुमराहको पाँच विकेटप्रेरित भारत दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेष्टको दोस्रो दिन खेल आफ्नो नियन्त्रणमा राख्न सफल भएको छ ।

    निर्णायक तथा अन्तिम टेष्टको दोस्रो दिन सकिँदा भारतले ७० रनको अग्रता लिएको छ । भारत ५७/२ को स्थितिमा भारतका चेतेश्वर पुजरा ९ र कप्तान विराट कोहली १४ रन बनाएर क्रिजमा छन् । भारतका ओपनर केएल राहुल १० र मयांक अग्रवाल ७ रन बनाएर पवेलियन फर्किएका थिए ।



    राहुललाई मार्को जनसेनले आउट गरेका थिए भने अग्रवाललाई कागिसो राबडाले पवेलियनको बाटो देखाएका थिए । त्यसअघि दक्षिण अफ्रिका १७र१ को स्थितिबाट दोस्रो दिनको सुरुआत गरेको थियो ।



    दोस्रो दिन थाल्दा एइडिन मारक्रम ८ र केशब महाराज ६ रनको स्थितिमा थिए । मारक्रमले अघिल्लो दिनको स्कोरमा कुनै रन जोड्न सकेनन् । महाराजले २५ रन बनाए ।

    केप टाउनमा घरेलु टोलीका कीगन पिटरसनले ७२ रन बनाए । टेम्बा बभुमाले २८ रन जोड्दा राबडाले १५ र ड्वाने ओलीभरले १० रन बनाए । दक्षिण अफ्रिकाले २१० रन बनाउँदा पहिलो इनिङ्सको सबै विकेट गुमाएको थियो ।

    पहिलो इनिङ्समा भारतले २२३ रन बनाएको थियो । भारतका कोहलीले सबभन्दा धेरै ७९ रन बनाएका थिए भने पुजराले ४३ रन बनाएका थिए ।

    तीन खेलको टेस्ट शृंखला १–१ को बराबरीमा छ । पहिलो खेल दक्षिण अफ्रिकाले सात विकेटले जितेको थियो भने दोस्रो खेलमा भारत ११३ रनले विजयी भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार