Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • कोरोनाले बजायो खतराको घण्टी: एकैदिन ३ हजार ५५३ जनामा संक्रमण पुष्टि

    कोरोनाले बजायो खतराको घण्टी: एकैदिन ३ हजार ५५३ जनामा संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, २९ पुष २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । पछिल्ल्लो २४ घण्टामा ३ हजार ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो संख्या पछिल्लो चार महिना यताकै धेरै हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज  देशभरमा १५ हजार ०९१ नमूना परीक्षण गर्दा ३ हजार ५५३ जनामा संक्रमण पुष्टि भएको हो । जसमा पिसिआर परीक्षणबाट २ हजार ९२२ र एन्टिजेन परीक्षणबाट ६३१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।



    यसअघि हिजो ३ हजार०७५ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै, पछिल्लो २४ घण्टामा २७१ जना संक्रमणमुक्त भएका छन् । यसअघि हिजो २७८ जना डिस्चार्ज भएका थिए।



    यसैगरी, आज बिहिबार कोभिड–१९ को सङ्क्रमणबाट थप १ जनाको मृत्यु भएको छ । योसंगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६१०  पुगेको छ।

    हाल देशभर १४, ३४० जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार