Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • नबिल र नेपाल बंगलादेश बैंकबीच मर्जर सम्झौता

    नबिल र नेपाल बंगलादेश बैंकबीच मर्जर सम्झौता

    अनलाइन नेपाल
  • बिहिबार, २९ पुष २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच एक आपसमा मर्जरमा जाने सहमति भएको छ । बिहीबार साँझ ललितपुरको एक होटलमा यी दुई बैंकहरुले मर्जरसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

    मर्जरका लागि नेपाल बंगलादेश बैंकको एक सय कित्ता बराबर नबिल बैंकको ४३ कित्ता शेयर हुने गरी सहमति जुटेको छ । केही व्यवहारिक विषयहरु सम्झौतामा उल्लेख नगरी मौखिक सहमति गरिएको नबिल बैंक स्रोतले बताएको छ ।



    मर्जरपछि बैंकको नाम नबिल बैंक नै हुने प्रारम्भिक सहमति भएको छ । मर्जरपछि बैंकको अध्यक्ष हालका नविल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल र प्रमुख कार्यकारी अधिकृत पनि नबिल बैंककै अनिल केशरी शाह हुनेछन् ।



    एक्विजिसन सम्बन्धी प्रक्रिया अगाडि बढाउनका लागि नबिल बैंकको तर्फबाट सञ्चालक उदय कृष्ण उपाध्यायको संयोजकत्वमा नबिल बैंक का सञ्चालक आशा राणा अधिकारी तथा सञ्चालक अनन्त पौड्याल सदस्य रहेका थिए भने र नेपाल बङ्गलादेश बैंकको तर्फबाट सञ्चालक मोहम्मद शाल आलम सरवर, सञ्चालक इन्द्र बहादुर थापाको, सञ्चालक अमन शाह र सदस्य सचिवमा नबिल बैकका प्रमुख वित्त अधिकृत मनोज ज्ञवाली रहने गरी संयुक्त मर्जर÷एक्विजिसन कमिटी बनेको थियो ।

    सम्झौता पत्रमा नबिल बैंकको तर्फबाट उदय कृष्ण उपाध्यायले हस्ताक्षर गरेका थिए भने नेपाल बङ्गलादेश बैंकका तर्फबाट सञ्चालक इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका थिए ।

    दुवै बैकले नेपाल राष्ट्र बैंक ले मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गर्ने गरी लिएको नीति र बैंकहरुको दीर्घकालीन रणनैतिक योजना समेतलाई मध्यनजर गर्दै सम्झौता गरेर अघि बढेका छन् ।

    ब्राण्डका हिसाबले अग्रणी स्थानमा रहेको नबिल बैंकले गैर कोषमा आधारित व्यवसायमा अग्रणी नेपाल बङ्गलादेश बैंक लाई प्राप्ति पश्चात् बैंक वाणिज्य बैंक हरुमा सबै सूचकाङ्क हरुमा अग्रणी हुने विश्वास छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार