Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • शिक्षा मन्त्रालयद्वारा ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालनको कार्यविधि जारी

    शिक्षा मन्त्रालयद्वारा ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालनको कार्यविधि जारी

    अनलाइन नेपाल
  • शुक्रबार, ३० पुष २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन कार्यविधि, २०७८’ जारी गरेको छ ।

    यही पुस २७ गतेको मन्त्रिस्तरीय निर्णयानुसार जारी कार्यविधिमा शिक्षालाई सीपसँग जोड्नका लागि सामुदायिक विद्यालयले उक्त कार्यक्रमअन्तर्गत प्रस्तावना तयार गरी स्थानीय तहमार्फत पेस गर्नुपर्नेछ ।



    प्रस्तावनाको मूल्याङ्कनका आधारमा सरकारले विद्यालयलाई अनुदान दिनेछ र अनुदानका आधारमा विद्यार्थीलाई पढ्दै, कमाउँदै अभियानमा सामेल गराइनेछ ।



    अघिल्लो सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सुरु गरेको थियो भने वर्तमान सरकार बनेपछि त्यसमा ‘पढ्दै कमाउँदै कार्यक्रम‘ पूरक बजेटमार्फत थपेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार