Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • प्रधानमन्त्री कप क्रिकेट : आज चार खेल हुँदै

    प्रधानमन्त्री कप क्रिकेट : आज चार खेल हुँदै

    अनलाइन नेपाल
  • शुक्रबार, ३० पुष २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री कप टी–२० क्रिकेटमा आज चार खेल हुँदै छन्। यी मध्ये दुई खेल त्रिवि क्रिकेट मैदान र दुई खेल मूलपानी क्रिकेट मैदानमा हुनेछन् । पहिलो खेलमा त्रिवि क्रिकेट मैदानमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।

    पुलिसले खेलेको दुवै खेलमा जित हात पार्दै ४ अंक जोडेको छ भने कर्णालीले तीनमध्ये १ खेलमा मात्र जित हात पार्दै २ अंक जोडेको छ । मूलपानीमा क्रिकेट मैदानमा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।



    आर्मीले ३ खेलबाट १ जित, १ हार र १ खेल अनिर्णित भएपछि ३ अंक हात पारेको छ भने सुदूरपश्चिमले २ मध्ये १ खेलमा जित हात पार्दै २ अंक जोडेको छ ।



    त्यस्तै त्रिवि मैदानमा हुने दोस्रो खेलमा प्रदेश २ र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। बागमतीले २ मध्ये १ मा जित निकाल्दै २ अंक जोडेको छ। प्रदेश २ ले भने ३ खेलबाट २ अंक हात पारेको छ।

    मूलपानीमा हुने दोस्रो खेलमा एपीएफ र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। एपीएफले ३ खेलमा अपराजित रहँदै ६ अंक जोडेको छ भने लुम्बिनीले २ खेलबाट २ अंक जोडेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार