Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • दक्षिण अफ्रिकालाई जितका लागि १११ रन आवश्यक

    दक्षिण अफ्रिकालाई जितका लागि १११ रन आवश्यक

    अनलाइन नेपाल
  • शुक्रबार, ३० पुष २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । रिशभ पन्तले अविजित शतक बनाएपछि भारतले दक्षिण अफ्रिकाविरुद्धको तेस्रो तथा निर्णायक टेस्ट क्रिकेटमा जितका लागि २१२ रनको लक्ष्य पेस गरेको छ । तेस्रो दिन सकिँदा दक्षिण अफ्रिका १०१/२ को स्थितिमा छ । घरेलु टोलीलाई अब जितका लागि १११ रन आवश्यक छ ।

    भारतले ५७/२ को स्थितिबाट तेस्रो दिन थालेको थियो । भारतले तेस्रो दिन थाल्दा चेतेश्वर पुजरा ९ र कप्तान विराट कोहली १४ रन बनाएर क्रिजमा थिए । पुजराले अघिल्लो दिनको स्कोरमा रन जोड्न सकेनन् । कोहली २९ रन बनाएर पवेलियन फर्किए ।



    रिशभले अविजित १०० रन बनाउनुबाहेक भारतका अरू ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । टेस्ट क्रिकेटमा रिशभको यो चौथो शतक हो । भारतले १९८ रन बनाउँदा दोस्रो इनिङ्सको सबै विकेट गुमायो । भारतले पहिलो इनिङ्मा २२३ रन बनाएको थियो ।



    दक्षिण अफ्रिकाका मार्को जनसेनले चार विकेट लिँदा कागिसो राबडा र लुङ्गी एनगिडीले समान तीन विकेट लिए । दक्षिण अफ्रिकका एइडेन मारक्रमले १६ तथा कप्तान डिन एल्गरले ३० रन बनाए । किगन पिटरसन ४८ रनमा अविजित छन् । एल्गर र पिटरसनले दोस्रो विकेटका लागि ७८ रनको साझेदारी गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार