Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • यी पाँच चर्चित मोडल जसले पोर्न फिल्मदेखि बलिउड-हलिउडसम्म आतंक मच्चाए

    यी पाँच चर्चित मोडल जसले पोर्न फिल्मदेखि बलिउड-हलिउडसम्म आतंक मच्चाए

    अनलाइन नेपाल
  • शुक्रबार, ३० पुष २०७८
  • 3.8K
    SHARES

    काठमाडौँ । पोर्न इन्डस्ट्री विश्वभर एडल्ट फिल्मका लागि परिचित छ । यस उद्योगका धेरै ताराहरु विश्वभर निकै लोकप्रिय छन् । आज हामी तपाईलाई पोर्न फिल्मका केही यस्ता अभिनेत्रीहरुको बारेमा बताउन गइरहेका छौँ, जसले अहिले यो उद्योगलाई पूर्ण रुपमा अलविदा गरिसकेका छन् । विशेष कुरा के छ भने यी अभिनेत्रीहरु अहिले अन्य क्षेत्रमा पनि नाम कमाउन थालेका छन् ।

    मिया खालिपा




    मिया खलिफाको नाम त हामी सबैले सुनेको होला । मिया खलिफा एडल्ट फिल्मकी निकै चर्चित अभिनेत्री थिइन् । यद्यपि उनले पोर्न इन्डस्ट्रीमा निकै छोटो समयका लागि काम गरेकी थिइन् । उनी छोटो समयमै निकै चर्चित भइन् । त्यसपछि उनी पोर्न इन्डस्ट्री छोडेर सामाजिक सञ्जालमा सक्रिय भइन् । आज उनी चर्चित मोडल हुन् ।



    सन्नी लियोन


    सन्नी लियोनलाई कसले चिन्दैन ? आज सन्नी लियोनी बलिउडमा धेरै नाम कमाइरहेकी छिन् । पहिले उनी पोर्न इन्डस्ट्रीमा काम गर्थिन् । उनले सन् २०१३ मा पोर्न इन्डस्ट्री छोडेकी थिइन् । त्यसपछि सन्नी बिग बोसको ५ औं सिजनमा देखा परिन् । त्यहिबाट उनले बलिउडमा काम गर्न थालिन् । आज भारतमा धेरै मानिस सन्नीका लागि पागल छन् । उनले धेरै फिल्म र आइटम गीतमा अभिनय गरेकी छिन् ।

    साशा ग्रे


    साशा ग्रे कुनै समय पोर्न इन्डस्ट्रीकी चर्चित अभिनेत्री थिइन् । अहिले उनी एडल्ट फिल्मबाट सन्यास लिएर हलिउडमा नाम कमाइरहेकी छिन् । साशाले ‘द गर्लफ्रेन्ड एक्सपिरियन्स’ बाट आफ्नो करियर सुरु गरेकी थिइन् । आजकल उनी विज्ञापन, म्युजिक एल्बम र म्यागजिनको कभर पेजमा देखिने गर्छिन् । साशाले किताब पनि लेखेकी छिन् ।

    जेन्ना जेम्सन


    जेना जेमसन पोर्न इन्डस्ट्रीकी चर्चित अभिनेत्री थिइन् तर सन् २००८ मा उनले एडल्ट फिल्मबाट टाढा भइन् । यसपछि सन् २०१३ मा उनी मोडलिङको दुनियाँतिर लागिन् । आज जेना एक सफल व्यवसायी हुन् । यसबाहेक उनी टेलिभिजनकी सेलिब्रेटी पनि हुन् । सबैभन्दा महत्त्वपूर्ण कुरा, उनले WWE मा पनि भाग लिएका छन्।

    क्रिसी मोरन


    क्रिसी मोरनले पोर्न उद्योगमा १० वर्ष काम गरिन् । उनले सन् १९९६ देखि २००६ सम्म एडल्ट फिल्म गरेकी थिइन् । त्यसपछि उनी अध्यात्मतिर लागिन् । अब उनी वयस्क वेबसाइटहरूबाट आफ्ना भिडियोहरू हटाउन कानुनी लडाई लड्दै छिन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार