Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक

    प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक

    अनलाइन नेपाल
  • शुक्रबार, ३० पुष २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

    प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार आज दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मन्त्रिपरिषद बैठक बोलाइएको हो । बैठकमा प्रधानमन्त्री देउवा पनि सहभागी हुने बताइएको छ।



    गत शनिबारदेखि राजनीतिक भेटघाट, औपचारिक कार्यक्रमलाई स्थगित गर्दै आइसोलेसनमा बसेका देउवा आजबाट सबै कार्यक्रममा सहभागी हुने सचिवालय स्रोतको भनाइ छ।



    माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्रयाक ट्रेसिङमा परेर क्वारेन्टिनमा रहेका देउवाको भने दोस्रो पटक कोभिड परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको थियो ।

    हाल प्रचण्ड, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एमाले महासचिव शंकर पोखरेललगायतका नेताहरु संक्रमणका कारण आइसोलेशनमा छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार