Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • लिपुलेकबारे विवेकशील: नेपाली भू-भागमा छिमेकीको मनपरी अस्वीकार्य

    लिपुलेकबारे विवेकशील: नेपाली भू-भागमा छिमेकीको मनपरी अस्वीकार्य

    अनलाइन नेपाल
  • शुक्रबार, ३० पुष २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । विवेकशील साझा पार्टीले नेपाली भूमि लिपुलेकमा सडक विस्तार गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

    शुक्रबार पार्टी प्रवक्ता शरदराज पाठकले एक विज्ञप्ति जारी गर्दै मोदीको उक्त अभिव्यक्तिप्रति नेपाल सरकारको मौनता र लाचारी पनि आपत्तिजनक बनाएको बताएका छन् ।



    ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा जारी गरी संविधान संशोधनमार्फत निसान छापमा उक्त नक्सा राखिसकिएको अवस्थामा मोदीको अभिव्यक्ति जति आपत्तिजनक छ, त्यति नै आपत्तिजनक हाम्रो सरकारको मौनता र लाचारी पनि छ,’ विज्ञप्तिमा भनिएको छ।



    यस्तै, विज्ञप्तिमा भनिएको छ, ‘नेपाली भू-भागमा छिमेकीको मनपरी देश प्रेमी कुनै पनि नागरिकलाई स्वीकार्य छैन । नेपाली भूमिमा गरिआएका सबै खाले संरचना निर्माण कार्य तत्काल रोक्नुपर्ने दह्रो अडानसहित भारतसँग अविलम्ब कूटनीतिक संवाद अघि बढाउन विवेकशील साझा पार्टी सरकारलाई आग्रह गर्दछ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार