Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • निर्वाचन आयोगमा सर्वदलीय बैठक: राष्ट्रियसभा र स्थानीय तहको चुनावबारे छलफल

    निर्वाचन आयोगमा सर्वदलीय बैठक: राष्ट्रियसभा र स्थानीय तहको चुनावबारे छलफल

    अनलाइन नेपाल
  • शुक्रबार, ३० पुष २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । निर्वाचन आयोगमा सर्वदलीय बैठक जारी रहेको छ ।

    बैठकमा नेपाली कांग्रेसका रमेश लेखक, एमालेका तर्फबाट विष्णु रिमाल, निरज आचार्य र डा भीष्म अधिकारी तथा माओवादी केन्द्रका तर्फबाट लीलामणि पोखरेल एवंं नेमकिपाका प्रेम सुवालको सहभागिता रहेको छ ।



    त्यसैगरी, नेपाली जनता दलका हरिचरण शाह तथा नेपाल संघीय समाजवादी पार्टीका मोहम्मद रिजवान अन्सारी पनि बैठकमा सहभागी भएको आयोगले जनाएको छ।



    यसअघि आयोगले संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १७ दललाई बैठकमा उपस्थितिको लागि निमन्त्रणा गरेको थियो ।

    बैठकमा तीन वटा विषयमा छलफल हुने आयोगको भनाइ छ । जसमा स्थानीय तहको निर्वाचन, राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे छलफल हुने छ।

    यसअघि गत पुस ९ गते आयोगले स्थानीय तहको निर्वाचनका सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर वैशाख १४ र २२ गते चुनावका विषयमा प्रस्ताव गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार