Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कोरोना रोकथाम तथा नियन्त्रणका सम्बन्धमा एमालेले सरकारको ध्यानाकर्षण गराउने

    कोरोना रोकथाम तथा नियन्त्रणका सम्बन्धमा एमालेले सरकारको ध्यानाकर्षण गराउने

    अनलाइन नेपाल
  • शुक्रबार, ३० पुष २०७८
  • 954
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारसँग छलफल गर्ने भएको छ ।

    नेकपा एमालेका सचिव योगेश भट्टराईले माघ १ गते बिहान १० बजे पार्टीको केन्द्रीय प्रतिनिधि मण्डलले प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताएका छन् ।



    उनले भेटका क्रममा प्रधानमन्त्री देउवालाई कोरोना नियन्त्रणका बारेमा ध्यानाकर्षण पत्र बुझाइने कार्यक्रम रहेको जानकारी दिएका छन् ।



    एमालेले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर कोरोना नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउने भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार