Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • त्रिशूली किनारमा गाडी खस्दा चालकसहित ७ जना घाइते

    त्रिशूली किनारमा गाडी खस्दा चालकसहित ७ जना घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, ३० पुष २०७८
  • 1.1K
    SHARES

    चितवन । चितवनको ईच्छाकामना गाउँपालिका ६ तीन नम्बर पुलस्थित नारायणगढ(मुग्लिङ सडक खण्डबाट त्रिशूली नदी किनारमा गाडी खस्दा ७ जना घाइते भएका छन् ।

    नारायणगढबाट मुग्लिङतर्फ आउँदै गरको बा१३ च४३६५ नम्बरको स्कर्पियो शुक्रबार बेलुकी अनियन्त्रित भई दुर्घटनामा परेको हो ।



    सडकबाट पल्टिएर उक्त गाडी करिब ६० मिटर तल त्रिशूली किनारमा पुगेको प्रहरीले जनाएको छ ।



    चितवन प्रहरीका अनुसार दुर्घटनामा चालकसहित७ जना घाइते भएका छन् । उनीहरूको खनाखत हुन बाँकी छ ।

    घाइतेहरूलाई उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार