Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कांग्रेस नेता डा. प्रकाशशरण महतलाई पनि कोरोना संक्रमण

    कांग्रेस नेता डा. प्रकाशशरण महतलाई पनि कोरोना संक्रमण

    अनलाइन नेपाल
  • शनिबार, १ माघ २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतलाई पनि कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

    डा. महतले फेसबुकमार्फत पिसिआर परीक्षणमा कोभिड–१९ पोजेटिभ देखिएको जानकारी दिएका छन्।



    उनले फेसबुकमा लेखेका छन्–‘पिसिआर परीक्षणमा कोभिड–१९ पोजेटिभ देखिएकोले म घरमा आइसोलेसनमा रहेको जानकारी गराउँदछु । मेरो निकट सम्पर्कमा रहनुभएका साथीहरुलाई स्वास्थ्य परीक्षण गर्नुहुन अनुरोध गर्दछु ।
    जय नेपाल १’



    यसअघि आजै प्रमुख प्रतिपक्षी दल नेपाल एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार परीक्षण गर्दा आफूलाई कोभिड–१९ संक्रमण पुष्टी भएको पौडेलले जानकारी दिएका छन् ।

    आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनको यात्रा आरम्भ भएको पौडेलले ट्वीटरमार्फत् जनाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार