Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • नारायणहिटी कब्जा गर्ने बतास र योगेशबीच साझेदारी छ : मन्त्री आले

    नारायणहिटी कब्जा गर्ने बतास र योगेशबीच साझेदारी छ : मन्त्री आले

    अनलाइन नेपाल
  • शनिबार, १ माघ २०७८
  • 2.5K
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालयभित्रको १४ रोपनी जग्गा कौडीको भाउमा बतास समूहलाई दिएको नैतिक जिम्मेवारी पूर्वमन्त्री योगेश भट्टराईले लिनुपर्ने बताएका छन् ।

    एक टेलिभिजनसँगको अन्तर्वार्तामा मन्त्री आलेले कोभिडको मौका छोपेर टेन्डर निकाल्नु र एउटै समूहका तीनवटा कम्पनीले प्रतिस्पर्धा गर्नुमा मिलेमतो देखिँदैन र ? भन्दै उल्टै प्रश्न समेत गरेका छन् ।



    अन्तर्वार्तामा उनले भनेका छन्–‘हाम्रो जस्तो देशमा मन्त्रीको निर्देशनबिना तलको कर्मचारीले यस्तो काम गर्न सक्दैन । योगेश भट्टराईको मौखिक आदेशमा बतास समूहले नारायणहिटी संग्रहालयभित्र ६ आनामा बनेको एकतले भवन र १४ रोपनी जग्गा भुइयाँको भाउमा पाएको हो । यसका मतियार कोही पर्दाभित्र छन्, कोही पर्दाबाहिर छन् । त्यसमा र्‍याल चुहाउने मान्छे पनि होलान् । कोभिडको मौका छोपेर टेन्डर निकाल्नु, एउटै समूहका तीनवटा कम्पनीले प्रतिस्पर्धा गर्नुमा मिलेमतो देखिँदैन र ?’



    पर्यटनमन्त्री आलेले संग्रहालयभित्र ‘बार चलाउने बदनियतका साथ’ बनाइएका संरचना भत्काएकामा योगेश भट्टराई आत्तिनुको कारण के हो भनी प्रतिप्रश्न गरे । उनले भने–‘नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले मन्त्री योगेशकै मौखिक आदेशमा दिएको बताइसक्नुभएको छ । बतास समूहलाई क्याफटेरिया चलाउन २ लाख ३५ हजार भाडामा ६ आनामा बनेको घर दिएको हो । त्यसमै १४ रोपनी जमिन पनि दिन मिल्छ ? औंला दिँदा हातै निल्ने ? बार चलाउने बदनियतका साथ बनेका थुप्रै टहरा हटाउँदा उहाँ किन तात्तिनुभयो ? कि बताससित मेरो अनसिन पार्टनरसिप थियो मलाई घाटा भयो भन्नुपर्‍यो ।’

    आफू पदमा रहेसम्म जिम्मेवारी निर्वाह गर्ने बताउँदै मन्त्री आलेले भने–‘म जति दिन, घन्टा, मिनेट र सेकेन्ड पदमा रहन्छु, इमानदारीपूर्वक त्यो जिम्मेवारी पूरा गर्छु ।’

    यसअघि भट्टराईले मन्त्री आलेले लन्डनबाट फर्कंदा तपाईंले ७ रोलेक्स घडी, १० बोतल रक्सी र आइफोन लिएर आएको दावी गरेका थिए
    । तर, मन्त्री आलेले भने आफू आएको दिनको सीसीटीभी फुटेज हेरे हुन्छ एउटा रोलेक्स घडी या एक बोतल रक्सी देखाउन सक्नुभयो भने अहिलेको अहिले नै मन्त्री पदबाट राजीनामा दिन्छु भन्दै चेतावनी समेत दिए ।

    मन्त्री आलेले नेपाल वायु सेवा निगमको प्रवन्ध निर्देशक बनाइएका डीमप्रसाद पौडेल र पर्यटन बोर्डका सिइओ धनञ्जय रेग्मी पूर्व मन्त्रीसमेत रहेका भट्टराईको मतियार भएको समेत बताए ।

    बतासका पार्टनरसमेत रहेका पौडेल र रेग्मीले नै भट्टराईको स्वार्थ अनुकुल आफूविरुद्ध गरेको दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार