Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • लागुऔषधसहित एक युवक पक्राउ

    लागुऔषधसहित एक युवक पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १ माघ २०७८
  • 1.3K
    SHARES

    कैलाली । कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा जिल्लाको गोदावरी नगरपालिका-१० दमौराका २३ वर्षीय महेश ताम्राकार रहेका छन् ।



    सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोडर आउट पोष्ट डोकेबजारबाट खटिएको चेकप्वाइन्ट टोलिले उनलाई नाइट्रोभेट नामक लागुऔषधसहित पक्राउ गरेको हो।



    उनले मोबाइलको ब्याट्री राख्ने ठाउँमा लुकाएर ल्याउँदै गरेको अवस्थामा ८ गोटा नाइट्रोभेट पाइएको प्रहरीले जनाएको छ।

    ताम्राकारलाई आवश्यक कारबाहीका लागि प्रहरी चौकी पचगडीया बुझाइएको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार