Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • रवीन्द्र मिश्रलाई पनि कोरोना पुष्टि, सम्पर्कमा आएकालाई सावधानी अपनाउन आग्रह

    रवीन्द्र मिश्रलाई पनि कोरोना पुष्टि, सम्पर्कमा आएकालाई सावधानी अपनाउन आग्रह

    अनलाइन नेपाल
  • आइतबार, २ माघ २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    आइतबार दिउँसो सामाजिक सञ्जालमार्फत अध्यक्ष मिश्रले आफूलाई पनि कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।



    मिश्रले ‘बाहिर हेर्दा उस्तै, भित्रभित्रै कोरोना भाइरस ! भन्दै अस्पतालमा परीक्षणपछि घर आएर सुरक्षित रूपमा बसेको र अहिले सबै सामान्य रहेको’ उल्लेख गरेका छन् ।



    ‘म पनि कोभिड पोजेटिभ देखिएको छु। गत केही दिनमा मेरो नजिकको सम्पर्कमा आउनुभएका साथी शुभेच्छुकलाई सावधानी अपनाउन र आवश्यक देखिए परिक्षण गर्न विनम्र आग्रह गर्दछु। अस्पतालमा परिक्षणपछि घर आएर सुरक्षितरुपमा बसेको छु। अहिले सबै ठिकै छ,’ मिश्रले लेखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार