Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सुदूरपश्चिममा थप १८४ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

    सुदूरपश्चिममा थप १८४ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २ माघ २०७८
  • 1K
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेशमा थप एक सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    एन्टिजेन र पीसीआर विधिबाट एक हजार चार सय ८७ जनाकोे परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।



    निर्देशनालयका अनुसार आइतबार संक्रमण पुष्टि भएकामध्ये एक सय ७२ जना भारतबाट घर फर्किएका छन् भने बाँकी प्रदेशका विभिन्न जिल्लाका छन् । आइतबार थपिएका समेत गरेर सुदूरपश्चिममा संक्रमितको संख्या ५० हजार छ सय ४७ पुगेको छ ।



    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयले बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ का ५२ वर्षीय पुुरुषको संक्रमणबाट मृत्यु भएको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार