Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सर्वोच्चका न्यायाधीशसहित २४ कर्मचारीमा कोरोना पुष्टि

    सर्वोच्चका न्यायाधीशसहित २४ कर्मचारीमा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • आइतबार, २ माघ २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशसहित २४ जनालाई कोराना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार न्यायाधीश मीरा खड्का, मुख्य रजिष्ट्रार लालबहादुर कुँवरसहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



    आइतबार उनीहरूको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको हो । कन्ट्याक्ट ट्रेसिङमा परेपछि सर्वोच्चका अन्य ३० जना कर्मचारीको पनि परीक्षण गरिएको छ ।



    रिपोर्ट नआए पनि उनीहरूमध्ये अधिकांशमा कोरोनाको लक्षण देखिएको प्रवक्ता दाहालले बताए । न्यायाधीशसहित कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सर्वोच्चको दैनिक कामकाज प्रभावित बनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार