Online Nepal
  • बुधबार, ४ जेष्ठ २०७९
  • कोरोनाले बढाउँदैछ मानसिक समस्या

    कोरोनाले बढाउँदैछ मानसिक समस्या

    अनलाइन नेपाल
  • सोमबार, ३ माघ २०७८
  • 327
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोरोना महामारी सुरु भएपछि यसबाट सङ्क्रमित भएका वा नभएका दुवैमा मानसिक समस्या देखिन थालेको विज्ञ बताउँछन् । विभिन्न अध्ययन र तथ्यांकले पनि यसलाई पुष्टि गरेको छ

    । वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्याय कोरोना महामारीपछि मानसिक रोग जटिल समस्याका रूपमा देखिएको बताउँछन् ।



    उनी कोरोना लागेका, कोरोनाबाट आफन्त गुमाएका, महामारीका बेला लामो समय घरभित्रै बसेका र अग्र पङ्क्तिमा खटिनेमा मानसिक समस्या धेरै देखिएको बताउँछन् ।

    विशेष गरी सङ्क्रमणबाट निको भएकामा पुनः सङ्क्रमण हुन सक्ने त्रास अत्यधिक देखिने र अग्र पङ्क्तिमा खटिनेमा परिवारका सदस्यमा पनि सङ्क्रमण हुने हो कि भन्ने चिन्ताले मानसिक समस्या निम्ताइरहेको उपाध्यायको भनाइ छ ।

    सङ्क्रमणका बेला निद्रा नलाग्ने, डर लाग्ने, मन आत्तिने र डिप्रेसन हुने जस्ता समस्या बढेको उनी बताउँछन् । नागरिक दैनिकमा समाचार छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया
    नयाँ अपडेट
    अन्य समाचार