Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • चितवनमा कोरोनाको उच्च जोखिम: सक्रिय संक्रमितको संख्या पाँच सय नाघ्यो

    चितवनमा कोरोनाको उच्च जोखिम: सक्रिय संक्रमितको संख्या पाँच सय नाघ्यो

    अनलाइन नेपाल
  • सोमबार, ३ माघ २०७८
  • 993
    SHARES

    फाइल फोटो

    चितवन । चितवनमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएको छ। पछिल्ला केही दिनयता संक्रमण निरन्तर बढ्दै गएपछि सक्रिय संक्रमितको संख्या पाँच सय नाघेको छ।

    सक्रिय संक्रमित पाँच सय नाघेपछि जिल्लालाई उच्च जोखिम क्षेत्र (रेड जोन) मा राखिएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत पुस २६ गतेदेखि कोरोना संक्रमण बढ्दै गएको हो। पुस २५ गते जिल्लामा ८२ सक्रिय संक्रमित रहेकामा माघ २ गते परीक्षण गरिँदा १९० जनमा कोरोना संक्रमण देखिएको छ। जिल्लामा अहिले सक्रिय कोरोना संक्रमितको संख्या ८२८ पुगेको छ ।



    आइतबार जिल्लाका चार प्रयोगशालामा ४११ जनाको स्वाब परीक्षण गर्दा १५० जनामा र एन्टिजोन परीक्षण ९० जनाको गरिँदा ४० जनामा संक्रमण पुष्टि भएको हो। संक्रमित प्रतिशत ३७ पुगेको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन्।



    पीसीआर परीक्षण र एन्टिजेन परीक्षणका क्रममा कोरोना संक्रमण बढ्दै जान थालेकोउनलेले बताइन्। गत पुस २६ गते जिल्लामा सक्रिय संक्रमितको संख्या ११९, २७ गते १६२, २८ गते २४० र २९ गते ३२७ रहेको थियो। अहिले जिल्लामा दैनिक कोभिड–१९ परीक्षण दर र संक्रमण दर बढ्दै गएको छ।

    गत पुस ३० गते ३६० जनाको परीक्षण गर्दा ३७ दशमलब ५० प्रतिशतमा संक्रमण देखिएको ढकालले जानकारी दिइन्। उक्त दिन ३६० जनाको परीक्षण गर्दा १३५ मा कोरोना संक्रमण देखिएको थियो । शनिबार जिल्लाका दुई पीसीआर ल्याब (चितवन मेडिकल कलेज र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल)मा गरिएको परीक्षणमा २४ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ। तथ्यांक अनुसार २२५ को परीक्षणका क्रममा ५४ जनामा कोरोना देखिएको थियो ।

    जिल्लामा रहेका सक्रिय संक्रमितमध्ये २६ जना अस्पतालमा भर्ना भएका छन् भने ८०२ जना होम आइसोलेशनमा छन्। यहाँ हालसम्ममा २८ हजार ६८ जना संक्रमित भइसकेका छन् भने २६ हजार ८०३ जना निको भइसकेका छन्। कोरोनाबाट ४३७ जनाको मृत्यु भइसकेको छ। जिल्लामा रहेका सक्रिय संक्रमितमध्ये ६६६ जना भरतपुर महानगरपालिकाका छन्।

    यस्तै संक्रमितमध्ये खैरहनी नगरपालिकाका २७, माडी नगरपालिकाका १५, रत्ननगर नगरपालिकाका ७२, राप्ती नगरपालिकाका १९ र कालिका नगरपालिकाका १६ छन्। संक्रमित बढे पनि जिल्लामा सावधानी भने अपनाएको पाइँदैन। मास्कको प्रयोग बढेपनि भीडभाड कायमै छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार