Online Nepal
  • शनिबार, १७ साउन २०८२
  • २५ जनाभन्दा बढी भेला नहुन एमालेको सर्कुलर

    २५ जनाभन्दा बढी भेला नहुन एमालेको सर्कुलर

    अनलाइन नेपाल
  • सोमबार, ३ माघ २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले कोभिड-१९ को बढ्दो संक्रमणलाई ध्यानमा राख्दै पार्टीका सबै कार्यक्रमहरु स्थगित गरेको छ।

    पार्टी केन्द्रीय प्रचार विभागका उपप्रमुख बिष्णु रिजालका अनुसार एमालेले आज आन्तरिक सर्कुलर जारी गर्दै पार्टी तथा जनसंगठनका २५ जनाभन्दा बढी सहभागिता रहने सबै कार्यक्रमहरू स्थगित गर्न निर्देशन दिएको हो ।



    साथै, सबै कमिटी, नेता-कार्यकर्ता र जनप्रतिनिधिहरूलाई आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा जुट्न पनि निर्देशन गरिएको रिजालको भनाइ छ।

    यसअघि सरकारले पनि कोरोना रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी भेला नहुन, मास्कको अनिवार्य प्रयोग गर्नलगायत स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार