Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • बतासलाई अर्को झट्का, दरबारपछि धर्मशालाको सम्झौता पनि तोडियो

    बतासलाई अर्को झट्का, दरबारपछि धर्मशालाको सम्झौता पनि तोडियो

    अनलाइन नेपाल
  • सोमबार, ३ माघ २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । विवादित कम्पनी बतास समूहलाई अर्को झट्का लागेको छ । नारायणहिटी दरबार संग्रालयमा रेस्टुरेन्ट बनाएर लाखौं असुल्न खोजेको उक्त कम्पनीको पशुपतिस्थित धर्मशाला सञ्चालनबारे गरिएको सम्झौता पनि खारेज हुने भएसँगै अर्को झट्का लागेको हो।

    यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेद्वारा गठित छानबिन समितिले धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता खारेज गर्न सिफारिस गरेको छ ।



    धर्मशाला भाडामा लिएर महँगोमा होटल चलाएको भन्दै आलोचना भएपछि छानविन समितिले बतास समूहसँगको सम्झौता खारेज गर्न सिफारिस गरेको हो ।



    सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पर्यटन सचिव महेश्वर न्यौपानेले सम्झौता गैरकानूनी र मिलेमतो भएको ठहरसहित सम्झौता खारेज गर्न समितिले सिफारिस गरेको बताए ।

    आइतबार पर्यटनमन्त्री प्रेम आलेले पशुपति धर्मशालाको निरीक्षण गर्दै ‘धर्मशालामा सेभन स्टार जस्तो होटल देखेर आफू अचम्मित भएको बताएका थिए  ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार