Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • अस्ट्रेलिया आउने विद्यार्थीहरुको भिसा शुल्क फिर्ता गर्ने अष्ट्रेलियाली प्रधानमन्त्रीको घोषणा

    अस्ट्रेलिया आउने विद्यार्थीहरुको भिसा शुल्क फिर्ता गर्ने अष्ट्रेलियाली प्रधानमन्त्रीको घोषणा

    अनलाइन नेपाल
  • बुधबार, ५ माघ २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अष्ट्रेलिया प्रवेश गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई उनीहरुले तिरेको भिसा वापतको शुल्क फिर्ता गर्ने घोषणा गरेका छन् ।

    मोरिसनका अनुसार पछिल्लो समय अस्ट्रेलियामा कामदारको चरम अभाव भएपछि त्यहाँको सरकारले त्यहाँ जाने अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई भिसाको शुल्क फिर्ता गर्ने भएको हो।



    पछिल्लो समय विद्यार्थीले भिसा शुल्कवापत करिब ६ सय डलर तिर्ने गरेका छन्। यस्तै, वर्किंङ होलिडे भिसा अन्तर्गत पनि आगामी तीन महिनाभित्र अष्ट्रेलिया आउनेलाई भिसा शुल्क फिर्ता गरिने मोरिसनको भनाइ छ।



    यस नयाँ घोषणामार्फत करिब ५५ मिलियन डलर खर्च हुने सरकारले अनुमान गरेको छ। यो कार्यक्रम अष्ट्रेलियाभन्दा बाहिर रहेका १ लाख ५० हजार विद्यार्थी र २३ हजार वर्कीङ होलिडे भिसामा आउनेलाई लक्षित गरिएको छ ।

    प्रधानमन्त्री मोरिसनले यो रकम उनीहरुलाई अष्ट्रेलियामा आउँदा उपहार स्वरुप दिइएको बताए । उनले अष्ट्रेलिया आएपछि ती विद्यार्थीले यहाँ कामदार अभाव भएका क्षेत्रमा योगदान दिने अपेक्षा समेत गरेका छन् ।

    प्रधानमन्त्री मोरिसनले भिसा लिएर बसेका अन्तर्राष्ट्रिय विद्यार्थीलाई जतिसक्दो चाडो अष्ट्रेलिया आउनसमेत आग्रह गरेका छन्। अध्यागमन विभागको पछिल्लो तथ्यांक अनुसार करिब ६० हजार नेपाली विद्यार्थी अस्ट्रेलियामा उच्च शिक्षा अध्यनरत छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार