Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • विश्वभर एकैदिन साढे ३२ लाखभन्दा बढीमा कोरोना पुष्टि

    विश्वभर एकैदिन साढे ३२ लाखभन्दा बढीमा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, ६ माघ २०७८
  • 912
    SHARES

    एजेन्सी । विश्वभर एकै दिनमा ३२ लाख ६३ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गत २४ घण्टामा अमेरिकामा सबैभन्दा धेरै ५ लाख ३२ हजारमा संक्रमण पुष्टि भएको छ ।

    त्यसैगरी फ्रान्समा ४ लाख ३६ हजार, ब्राजिलमा २ लाख ५ हजार, इटलीमा एक लाख ९२ हजार, स्पेनमा एक ला ५७ हजार, जर्मनीमा एक लाख २१ हजार, अर्जेन्टिनामा एक लाख २८ हजार र बेलायतमा एक लाख ८ हजार थपिएका हुन् ।



    यही अवधिमा १६ लाख ६५ हजार निको भएका छन् भने ८ हजार २४३ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पनि अमेरिकामा सबैभन्दा धेरै एक हजार ८३४ जना छन् ।



    त्यसैगरी रुसमा ६९८, बेलायतमा ३५९, ब्राजिलमा ३४९, इटलीमा ३८०, जर्मनीमा २५८, अर्जेन्टिनामा २०८, टर्कीमा १७६ र स्पेनमा १६० जना संक्रमितको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार