Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुद्वारा प्रधानमन्त्री देउवाको पुत्ला दहन

    मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुद्वारा प्रधानमन्त्री देउवाको पुत्ला दहन

    अनलाइन नेपाल
  • बिहिबार, ६ माघ २०७८
  • 993
    SHARES

    काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा उत्रिएका विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् ।

    बिहीबार बिहान काठमाडौंस्थित अस्कल क्याम्पस परिसरमा प्रदर्शनमा उत्रिएका अनेरास्ववियुका विद्यार्थीहरुले प्रधानमन्त्री देउवाको पुत्ला जलाएका हुन् ।



    विरोध प्रदर्शनमा विद्यार्थीहरुले ‘मूल्यवृद्धि फिर्ता गर’ लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।



    नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटिर ३-३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो ।

    नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १ सय ३९ रुपैयाँ तिर्नुपर्ने भएको छ । यसैगरी डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर समान १२२ रुपैयाँ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार