Online Nepal
  • बुधबार, ४ जेष्ठ २०७९
  • कोरोना भाइरस

    एकैदिन १२ हजार ३३८ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ५७ हजार नाघ्यो

    एकैदिन १२ हजार ३३८ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ५७ हजार नाघ्यो

    अनलाइन नेपाल
  • बिहिबार, ६ माघ २०७८
  • 423
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । । यो एकैदिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २७ हजार ४९७ नमुना परीक्षण गर्दा १२ हजार ३३८ जनामा संक्रमण पुष्टि भएको हो ।



    यस्तै, विगत २४ घण्टामा देशभर ६ सय ४९ संक्रमणमुक्त भएको मन्त्रालयकाको तथ्यांकमा उल्लेख छ।

    यसैगरी, आज चार जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६३२  पुगेको छ।

    मन्त्रालयका अनुसार हाल देशभर ५७ हजार ३२८ संक्रिय संक्रमित छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया
    नयाँ अपडेट
    अन्य समाचार