Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • जानीजानी आफूलाई कोरोना सारेकी चेक गायिकाको मृत्यु

    जानीजानी आफूलाई कोरोना सारेकी चेक गायिकाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ६ माघ २०७८
  • 1.1K
    SHARES

    काठमाडौँ । जानीजानी आफूलाई कोरोनाभाइरस सारेकी चेक रिपब्लिककी एक लोक गायिकाको मृत्यु भएको उनको परिवारले जनाएको छ।

    बीबीसीका अनुसार सन्ताउन्न वर्षीया हाना होर्काले कोभिड-१९ विरुद्धको खोप लगाएकी थिइनन् । परीक्षणमा सङ्क्रमण पुष्टि भएपछि उनले सामाजिक सञ्जालमा आफू निको हुँदै गरेको लेखेकी थिइन् । तर त्यसको दुई दिन पछि उनको मृत्यु भएको हो ।



    उनका छोरा यान रेकले निश्चित स्थानमा प्रवेशका लागि हालै कोभिड भएर निको भएका मानिसलाई दिइने ‘रिकभरी पास’ पाउन उनी सङ्क्रमित भएको बताएका छन्। घरमा आफू र बुवालाई सङ्क्रमण भएको तर आमाले आफूहरूसँग दूरी कायम नगरी सँगै बसेको उनले जानकारी दिए।



    ‘हामीलाई सङ्क्रमण पुष्टि भएपछि वहाँ एक साता हामीभन्दा अलग्गै बस्न पनि सक्नुहुन्थ्यो। तर आमा जतिबेला पनि हामीसँगै बसिरहनुभयो,’ उनले भने । चेक रिपब्लिकमा बुधवार अहिलेसम्मकै धेरै कोभिड सङ्क्रमण पुष्टि भएको थियो।

    रेक र उनका बुवाले कोभिड-१९ विरुद्धको खोप लगाए पनि हाना होर्काले खोप लगाएकी थिइनन्। चेक रिपब्लिकमा सिनेमा, बार र क्याफेजस्ता निश्चित स्थानमा प्रवेशका लागि खोप लगाएको कार्ड वा हालै कोभिड सङ्क्रमण भएको प्रमाण पेस गर्नुपर्छ।

    हाना होर्का चेक रिपब्लिकको सबैभन्दा पुरानोमध्येको एउटा एसोनन्स समूहसँग आबद्ध थिइन्। छोरा रेकका अनुसार हाना होर्का हिँडडुलमा अवरोध कम होस् भनेर आफूलाई सङ्क्रमण सार्न चाहन्थिन्। बीबीसीको सहयोगमा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार