Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पाकिस्तानको लाहोरमा टाइम बम विष्फोट: दुई जनाको मृत्यु, २२ घाइते

    पाकिस्तानको लाहोरमा टाइम बम विष्फोट: दुई जनाको मृत्यु, २२ घाइते

    अनलाइन नेपाल
  • बिहिबार, ६ माघ २०७८
  • 1K
    SHARES

    एजेन्सी । पाकिस्तानको लाहोरस्थित एउटा व्यस्त व्यापारिक भवनमा बिहीबार भएको बम विस्फोटमा परी कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएका छन् ।

    लाहोर प्रहरीका प्रवक्ता राना आरिफले एएफपीसँग भने, ‘प्रारम्भिक अनुसन्धानबाट यो विष्फोट मोटरसाइकलमा जडित विष्फोटक पदार्थ (टाइम वम) भएको बुभिएको छ।’



    पुरानो लाहोरको व्यस्त अनारकली सपिङ क्षेत्रमा भएको विस्फोटमा एक बालक सहित दुई जनाको मृत्यु भएको र २२ जना घाइते भएको अस्पताल स्रोतले जनाएको छ । प्रहरीले पनि घटनामा दुई जनाको मृत्यु भएको र २२ जना घाइते भएको पुष्टि गरेको छ ।



    आक्रमणको तत्काल कुनै समूहले जिम्मेवारी लिइसकेको छैन । तर डिसेम्बरदेखि प्रहरीविरुद्ध एकपछि अर्को विस्फोट र आक्रमण भएको छ । सरकार र पाकिस्तानका तालिबानबीच भएको झडप मारमा परेको थियो ।

    यसअघि अफगान तालिबानसँग निकट रहेको तेह्रेक–ए–तालिबान पाकिस्तान (टीटीपी) उक्त क्षेत्रमा हुने अधिकांश घटनाहरूमा जिम्मेवार रहने गरेको भन्दै सरकारी अधिकारीले यस घटनालाई पनि सोही समूहसँग जोडेर हेरेका छन् । –एएफपी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार