Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • अस्पताल भर्ना हुने बिरामी हप्तादिनमै दोब्बर

    अस्पताल भर्ना हुने बिरामी हप्तादिनमै दोब्बर

    अनलाइन नेपाल
  • शुक्रबार, ७ माघ २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण प्रदेश १ मा पछिल्लो एक सातामा उपचारका लागि अस्पताल भर्ना हुने सङ्क्रमितको सङ्ख्या दोब्दर भन्दा बढीले वृद्धि भएको छ ।

    प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पुस ३० गते अस्पतालमा भएको सङ्ख्याको तुलनामा माघ ४ गते अस्पतालमा भर्ना भएर उपचार गराउनेको सङ्ख्या दोब्बर बढी भएको हो ।



    पुस ३० गते प्रदेश १ का विभिन्न अस्पतालहरूमा २३ जना सङ्क्रमितहरू उपचारका लागि भर्ना भएका थिए । पुस ५ गते त्यो सङ्ख्या बढेर ६० जना पुगेको छ । अस्पतालमा उपचार गराउनेको सङ्ख्या बढेसँगै आइसीयू, एचडीयू र भेन्टिलेटरमा राखेर उपचार गराउने सङ्क्रमितहरूको सङ्ख्या पनि बढेको पाइएको छ ।



    पुस ३० गते सार्वजनिक भएको विवरणमा उपचाररत २३ जनामध्ये भेन्टिलेटरमा चार जना थिए । माघ ५ गते सात जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेको विवरण मन्त्रालयले सार्वजनिक गरेको छ । गोरखापत्रमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार