Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • टाउकोमा दोपट्टा बाँधेर सलमानले गरे यस्तो घोषणा, फ्यानले भने- अब पर्खन सक्दैनौं

    टाउकोमा दोपट्टा बाँधेर सलमानले गरे यस्तो घोषणा, फ्यानले भने- अब पर्खन सक्दैनौं

    अनलाइन नेपाल
  • शुक्रबार, ७ माघ २०७८
  • 1.8K
    SHARES

    एजेन्सी । बलिउडका ‘दबंग’ सलमान खानलाई आफ्ना फ्यानहरूसँगको सम्बन्ध कसरी कायम राख्ने भन्ने राम्रोसँग थाहा छ । अहिले उनी आफ्नो सबैभन्दा विवादित शो ‘बिग बोस १५’ मा व्यस्त छन् । शो समाप्त हुनै लागेको छ तर यसअघि सलमान खानले आफ्ना फ्यानहरूलाई ठूलो सरप्राइज दिएका छन् । उनले सामाजिक सञ्जालमा एउटा तस्बिर सेयर गरेका छन्, जसमा उनी टाउकोमा दोपट्टा बाँधेर बसेको देखिन्छ ।

    उक्त तस्विर सेयर गर्दै सलमानले क्याप्सनमा लेखेका छन्, ‘कमर्शियल र ट्रेलर पोष्ट गर्नैपर्छ… तपाईको आफ्नै ब्राण्ड हो कि हैन… के बुझे ? म तिमीलाई सबै सुन्छु, म तिमीलाई देख्छु, म तिमीलाई सुन्छु। आज पोस्ट, भोलि टिजर।’ आज सलमान आफ्ना फ्यानहरुका लागि टिजर ल्याइरहेका छन् भन्ने प्रष्ट छ । अब यो टिजर कस्तो छ, समयले बताउनेछ ।



     



    View this post on Instagram

     

    A post shared by Salman Khan (@beingsalmankhan)


    वास्तवमा, सलमान खान टी-सिरीज र सलमान खान फिल्म्सको म्युजिक भिडियोमा देखिँदैछन् । जसमा गुरु रन्धावा र सलमानकी प्रेमिका युलिया वन्तुरको आवाज रहनेछ। गीतमा उनीसँगै साउथ स्टार प्रज्ञा जायसवाल देखिनेछन् ।

    म्युजिक भिडियोलाई शबिना खान र निर्देशक गिफ्टीले निर्देशन गरेका हुन् । यो गीत यस वर्षका हिट गीतहरूमा समावेश हुने विश्वास गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार