Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • पल-समीक्षा ‘प्रेमकथा’ले लियो अर्कै मोड, फेसबुक स्टाटस सत्य नभएको खुलासा !

    पल-समीक्षा ‘प्रेमकथा’ले लियो अर्कै मोड, फेसबुक स्टाटस सत्य नभएको खुलासा !

    अनलाइन नेपाल
  • शुक्रबार, ७ माघ २०७८
  • 2.7K
    SHARES

    काठमाडौँ । गायिका समीक्षा अधिकारीले अभिनेता पल शाहसँगको आफ्नो सम्बन्धको वास्तविक यथार्थ बाहिर ल्याउने बताएकी छन् ।

    उनले सामाजिक संजालमा एक स्टाटस पोष्ट गर्दै यस अगाडिका आफ्ना अभिव्यक्ति वास्तविकताभन्दा बाहिर रहेको र कसैको अनुरोधमा लेखिएको बताएकी छन् ।



    उनले २४ अक्टोबर २०२१ मा लेखिएको स्टाटससहित एक पोष्ट गर्दै भनेकी छन् ‘म लामो केही भन्दिन । २४ अक्टोबर २०२१ मा मेरो फेसबुकमा लेखिएको यो स्टाटस वास्तविकता भन्दा धेरै टाढा छ । जुन कसैको अनुनयमा लेखेको थिएँ । अब समय आउँदैछ, यथार्थ खुलाउँदैछु ।’



    गत २४ अक्टोबरमा उनले पल र आफूबीच अभिभावकको सम्बन्ध भएको बताउँदै मिडियामा आएको अन्तरंग सम्बन्धको समाचारले चरित्र हत्या भएको बताएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार