Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • मोबाइल पसलमा छापा हान्न गएका प्रहरीले नै मोबाइल चोरेपछि…

    मोबाइल पसलमा छापा हान्न गएका प्रहरीले नै मोबाइल चोरेपछि…

    अनलाइन नेपाल
  • शुक्रबार, ७ माघ २०७८
  • 2K
    SHARES

    कैलाली । मोबाइल पसलमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचना पाएपछि छापा हान्न गएका प्रहरीले नै मोबाइल चोरिरहेको भिडियो सार्वजनिक भएको छ ।

    कैलालीस्थित धनगढी बजारमा सुवास रावलले सञ्चालन गरिरहेको ग्लोवल मोबाइल पसलमा छापा मार्न गएका प्रहरीले मोबाइल पसलबाट दुई वटा मोबाइल चोरेको भिडियो सार्वजनिक भएको हो ;



    प्रहरीले नै मोबाइल चोरिरहेको भिडियो सार्वजनिक भएपछि संलग्न प्रहरीमाथि कारबाही सुरु गरिएको प्रहरी स्रोतले जनाएको छ।



    यस्तो थियो घटना:

    गत माघ ५ गते साँझ ८ बजे धनगढीको चौराहमा रहेको ग्लोवल मोबाइल ग्यालरीमा जिल्ला प्रहरी कार्यालय कैलालीको टोली लागूऔषधका बिषयमा छापा हान्न पुगेको थियो ।

    प्रहरीले मोबाइल पसलको खानतलासी लिने क्रममा मोबाईल चोरीरहेको सीसी क्यामरामा कैद भएको भिडियोमा देखिन्छ । मोबाइल चोरीको भिडियो सार्बजनिक भएको थियो।

    मोबाइल ग्यालरीका सञ्चालक सुवास रावलले भिडियो प्रमाणसहित प्रहरी कार्यालयमा निवेदन दिएपछि घटना बाहिर आएको हो ।

    घटनाबारे जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत एक जना हवल्दार र अर्का एक जवान हिरासतमा राखी कारबाही अगाडी बढाइएको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार