Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • प्रधानमन्त्री देउवा गठबन्धनको बन्दी बनेको ईश्वर पोखरेलको आरोप

    प्रधानमन्त्री देउवा गठबन्धनको बन्दी बनेको ईश्वर पोखरेलको आरोप

    अनलाइन नेपाल
  • शुक्रबार, ७ माघ २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको बन्दी बनेको आरोप लगाएका छन् ।

    उपाध्यक्ष पोखरेलले बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले गौर नरसंहार दोहोर्‍याउने चेतावनी दिँदा समेत प्रधानमन्त्रीले उनलाई केही गर्न नसकेको भन्दै यस्तो आरोप लगाएका हुन्।



    पोखरेलले शुक्रबार दिउँसो सामाजिक सञ्जालमार्फत देउवालाई मन्त्री यादवमाथि एक्सन चाल्न समेत आग्रह गरेका छन् ।



    ‘गठबन्धनकी एउटी नेतृ र बहालवाला मन्त्रीले विगतमा (आफूहरूद्वारा) घटित गौर नरसंहार दोहोर्याउने उद्दण्ड हुंकार गरिन् । विगत गौर नरसंहारमा पीडित हूँ भन्ने र अहिलेको गठबन्धनका प्रमुख सूत्राधार हूँ भन्ने केही बोल्छन्-बोल्दैनन्, गर्छन् गर्दैनन् ? प्रम देउवा गठबन्धनको बन्दी बनेकै हुन् ?’ पोखरेलले प्रश्न गरेका छन् ।


    विसं २०६३ चैतमा रौतहटको गौरमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीले राइस मिलमा एकैपटक कार्यक्रम गर्दा भएको झडपमा २८ जना मारिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार