Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • उपत्यकामा यी सवारी साधनहरुलाई लाग्ने छैन जोरबिजोर [सूची]

    उपत्यकामा यी सवारी साधनहरुलाई लाग्ने छैन जोरबिजोर [सूची]

    अनलाइन नेपाल
  • शुक्रबार, ७ माघ २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौं उपत्यकाभित्र अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीसाधन‚ सरकारी तथा कुटनीतिक सवारीसाधन‚ एम्बुलेसन्स, दमकललगायतका साधनलाई जोरबिजोर प्रणाली लागु नहुने भएको छ ।

    पछिल्लो समय स्थानीय प्रशासनले उपत्यकामा कोभिड-१९ रोकथामका लागि शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी सवारीसाधनमा जोरबिजोर प्रणालीको निर्णय गरेको छ।



    सञ्चारकर्मीको हकमा सूचना तथा प्रशारण विभागबाट जारी प्रेस पास र परिचयपत्रको आधारमा सवारीसाधन चलाउन पाउने भएका छन् ।



    यस्तै‚ औषधि एवं स्वास्थ्य सामग्री‚ खाद्यान्न‚ तरकारी‚ दुधजन्यवस्तु‚ग्यास‚ पानीलगायत अत्यावश्यक सवारीसाधनलाई जोरबिजोर प्रणाली लागु नहुने भक्तपुर प्रशासनले जनाएको छ।

    यस्तो छ सूचना:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार