Online Nepal
  • बुधबार, ४ जेष्ठ २०७९
  • अध्यागमन विभागको ट्राभल एडभाइजरी: यी १२ देशका नागरिकले दुवै खोप लगाए पनि भिसा नपाउने

    अध्यागमन विभागको ट्राभल एडभाइजरी: यी १२ देशका नागरिकले दुवै खोप लगाए पनि भिसा नपाउने

    अनलाइन नेपाल
  • शुक्रबार, ७ माघ २०७८
  • 849
    SHARES

    काठमाडौं । स्वीजरल्याण्डसहित विभिन्न १२ वटा मुलुकका नागरिकहरुले कोभिड-१९ विरुद्दको दुवै खोपको मात्रा पुरा गरे पनि नेपाल प्रवेश गर्न अनअराइभल भिसा नपाउने भएका छन्।

    शुक्रबार अध्यागमन विभागले एक सूचना जारी गर्दै स्वीजरल्याण्डसहित नाइजेरिया, घाना, जिम्बावे, क्यामरुन, सोमालिया, लाइबेरिया, इथोपिया, इरान, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकले दुवै खोप लगाए पनि नेपाल प्रवेश गर्दा अनअराइभल भिसा नपाउने जनाएको हो ।



    अध्यागमनका अनुसार यदी ती मुलुकका नागरिकहरुले नेपाल आउन चाहेमा विदेशस्थित नेपाली कुटनीतिक नियोगबाट भिसा लिइ आउन सक्नेछन्।

    यस्तो छ अध्यागमनको सूचना:

    सम्बन्धित विषय
    प्रतिक्रिया
    नयाँ अपडेट
    अन्य समाचार