Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • जोरबिजोर लागू नहुँदै घट्यो कोरोना, थप १० हजार ७०३ जनामा संक्रमण पुष्टि

    जोरबिजोर लागू नहुँदै घट्यो कोरोना, थप १० हजार ७०३ जनामा संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, ७ माघ २०७८
  • 993
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १० हजार ७०३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या हिजो भन्दा केही घटेको हो।

    काठमाडौँ उपत्यकामा संक्रमणको जोखिम कम गर्न भन्दै स्थानीय प्रशासनले आज बेलुकादेखि सवारीसाधनहरुमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ। यद्यपि उक्त नियम लागू नहुँदै संक्रमितको संख्यामा भने कमी आएको छ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २३ हजार ०९२ नमुना परीक्षण गर्दा १० हजार ७०३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, विगत २४ घण्टामा देशभर ७ सय ६६ संक्रमणमुक्त भएको मन्त्रालयकाको तथ्यांकमा उल्लेख छ।



    यसैगरी, आज तीन जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६३५  पुगेको छ।

    मन्त्रालयका अनुसार हाल देशभर ६५ हजार ३७४ संक्रिय संक्रमित छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार