Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • महिनौंदेखि मन्दिर बन्द भएपछि हिन्दू समुदायमा छायो निराशा

    महिनौंदेखि मन्दिर बन्द भएपछि हिन्दू समुदायमा छायो निराशा

    अनलाइन नेपाल
  • शुक्रबार, ७ माघ २०७८
  • 1K
    SHARES

    एजेन्सी । दक्षिणपश्चिम इंग्ल्याण्डको स्विन्डन सहरमा बसोबास गर्ने हिन्दूहरूले सहरको हिन्दू मन्दिर महिनौंदेखि बन्द भएकाले सहरको कतै पनि पूजा गर्न नसकेको बताएका छन्।

    रिपोर्टका अनुसार स्विन्डन बरो काउन्सिल (स्विन्डन सिटी काउन्सिल) ले भवन परिसरमा चोरीका घटना र अन्य सुरक्षा चिन्ताका कारण पुरानो भवन अब प्रयोग योग्य नरहेको बताइएको छ।



    यस विषयमा विश्वभरका हिन्दूहरूले चिन्ता व्यक्त गर्दै त्यहाँ हिन्दू समुदायलाई ‘गलत’ व्यवहार भइरहेको बताएका छन् । पार्षदहरुले वैकल्पिक रुपमा दुई स्थान प्रस्ताव गरेपनि हिन्दु धर्म मान्नेहरुले ती दुबै स्थानलाई अनुपयुक्त भनेका छन् ।



    यसअघि डर्बी क्लोजमा रहेको यो मन्दिर गत वर्ष अक्टोबरमा पाँचौं पटक चोरी हुँदा बन्द गरिएको थियो । यस मन्दिरका संस्थापक प्रदीप भारद्वाजले भने, ‘यो निराशा भन्दा बढी हो । यस घटनाका कारण सहरको विकासमा योगदान पुर्याउने करिब १० हजार हिन्दुहरु आशाविहीन भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार