Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • आर्थिक क्षेत्रमा उल्लेख्य सुधार भएको देउवाको दाबी

    आर्थिक क्षेत्रमा उल्लेख्य सुधार भएको देउवाको दाबी

    अनलाइन नेपाल
  • शुक्रबार, ७ माघ २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकार बनेपछि मुलुकको आर्थिक क्रियाकलापमा उल्लेख्य सुधार भएको दाबी गरेका छन् ।

    प्रधानमन्त्री भएपछि शुक्रबार पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्दै देउवाले भने ‘मेरो सरकार बनेपछि मुलुकको आर्थिक क्रियाकलापमा तीव्र विस्तार र सामाजिक क्रियाकलापमा समेत उल्लेख्य सुधार भएको छ ।



    यस्तै, सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले आफ्नो सरकारले ६५ प्रतिशतलाई नागरिकलाई कोभिडविरुद्धको खोपका पूर्ण मात्रा र ७८ प्रतिशतलाई पहिलो मात्राको खोप दिएको बताए ।



    यसैगरी प्रधानमन्त्री देउवाले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको तेस्रो लहरको महामारीमा सबैलाई धैर्य गर्न आग्रह गरेका छन् । त्यसैगरी आगामी एक वर्षभित्र तीनै तहका निर्वाचन गर्नुपर्ने भएकाले सबै निकायहरूलाई तयारी अवस्थामा रहन देउवाले निर्देशन समेत दिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार