Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • मेलम्चीको पानी यसै वर्षभित्र काठमाडौं आउँछ: प्रधानमन्त्री देउवा

    मेलम्चीको पानी यसै वर्षभित्र काठमाडौं आउँछ: प्रधानमन्त्री देउवा

    अनलाइन नेपाल
  • शुक्रबार, ७ माघ २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले यसै वर्षभित्र मेलम्चीको खानेपानी काठमाडौं उपत्यका ल्याउने बताएका छन् ।

    शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले गत असारमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाभत्किएको भन्दै  सबै पुनर्निर्माण गरेर आगामी चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौं आउने बताए ।



    मेलम्ची खानेपानी आयोजना विकास समितिले चिनियाँ निर्माण कम्पनी सिनोहाइड्रोलाई नै मेलम्ची पुनर्निर्माणको जिम्मा दिएको छ । आयोजनाले चैतभित्रै पानी राजधानी ल्याउने यसअघि नै जनाइसकेको छ ।



    यस्तै, प्रधानमन्त्री देउवाले आफ्नो सरकार बनेपछि मुलुकको आर्थिक क्रियाकलापमा उल्लेख्य सुधार भएको दाबी गरेका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले आफ्नो सरकारले ६५ प्रतिशतलाई नागरिकलाई कोभिडविरुद्धको खोपका पूर्ण मात्रा र ७८ प्रतिशतलाई पहिलो मात्राको खोप दिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार