Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • कोरोना सङ्क्रमणबाट बिपी प्रतिष्ठान धरानमा तीन जनाको मृत्यु

    कोरोना सङ्क्रमणबाट बिपी प्रतिष्ठान धरानमा तीन जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ७ माघ २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन जनाको ज्यान गएको छ । गत माघ ६ गते भर्ना भएको लहान–१९ का ६२ वर्षीय पुरुषको उपचारको क्रममा आज मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

    फोक्सोमा समस्या भएर उनलाई बिहीबार प्रतिष्ठानमा भर्ना गरिएको थियो । बुधबार नै उहाँमा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानका सहप्रवक्ता डा चुरामणी पोखरेलले जानकारी दिए ।



    यस्तै सिरहा नगरपालिका–१ का ८० वर्षीय पुरुषको पनि शुक्रबार बिहान उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । आन्द्रामा समस्या भएका उनको पुस २९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । प्रतिष्ठानको कोभिड अस्पतालमा सोही दिन भर्ना हुनुभएका ८० वर्षीय वृद्धको उपचारको क्रममा बिहीबार ११ः३५ बजे मृत्यु भएको हो ।



    यसैगरी महोतरीका श्रीपुर–३ का ३० वर्षीय युवकको बिहीबार राति ११ बजे उपचारको क्रममा मृत्यु भएको छ । माघ ५ गते पतिष्ठानमा भर्ना भएका ती युवकको सोही दिन कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । उनीहरूको दाहसंकारका लागि शव व्यवस्थापनको काम भइरहेको सहप्रवक्ता पोखरेलले जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार