Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ६५ वर्षीया वृद्धा हत्या आरोपमा तीनजना पक्राउ

    ६५ वर्षीया वृद्धा हत्या आरोपमा तीनजना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ७ माघ २०७८
  • 1.2K
    SHARES

    फाइल तस्विर

    पाल्पा । प्रहरीले पाल्पामा ६५ वर्षीया वृद्धा हत्या आरोपमा शुक्रबार तीन जनालाई पक्राउ गरेको छ ।

    तानसेन नगरपालिका–६, कुन्सरे स्कुलडाँडाकी ६५ वर्षीया सरस्वती देवी घर्ती मगरको हत्या आरोपमा तानसेन नगरपालिका–६, कुन्सरेका ४२ वर्षीय कमलबहादुर घर्ती थापा, २० वर्षीय हरिबहादुर सुनार, २७ वर्षीय सुनिल परियारलाई पक्राउ गरिएको हो ।



    ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए । गत पुस २३ गते घरमा सुतिरहेकी घर्तीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोप उनीहरुमाथि छ ।



    हत्यापछि शव तीन जनाले पालैपालो बोकी नजिकै रहेको खोल्सामा लगेर फालेको प्रहरीसामु स्वीकारेका छन् । मृतक घर्तीको छोरा गणेशबहादुर थापाले दिएको किटानी जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार