Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रधानमन्त्री देउवाद्वारा भोलि बिहान सर्वदलीय बैठक आह्वान

    प्रधानमन्त्री देउवाद्वारा भोलि बिहान सर्वदलीय बैठक आह्वान

    अनलाइन नेपाल
  • शुक्रबार, ७ माघ २०७८
  • 867
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले शनिबार बिहान ९ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बेलुकी बसेको सत्ता गठबन्धनको बैठकपछि प्रधानमन्त्रीले सर्वदलीय बैठकको आह्वान गरेका हुन् ।



    यसअघि नेकपा एस सम्मिलित सर्वदलीय बैठक बहिस्कार गरेको एमालेले शनिवारको बैठकमा सहभागिताबारे प्रष्ट पारेको छैन ।



    यसअघि नेकपा एमालेले सर्वदलीय बैठक बहिस्कार गर्दै आएपछि प्रधानमन्त्रीसहित कांग्रेस नेताहरुले बालकोटमै गएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मनाउने प्रयास गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार