Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की : आर्मी र सुदूरपश्चिम फाइनलमा

    सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की : आर्मी र सुदूरपश्चिम फाइनलमा

    अनलाइन नेपाल
  • शुक्रबार, ७ माघ २०७८
  • 987
    SHARES

    काठमाडौं । नेपाल आर्मी र सुदूरपश्चिम प्रदेश चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

    नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा साविक विजेता आर्मीले गण्डकीलाई ३–० गोलले पराजित गर्यो।



    आर्मीका लागि सीताकुमारी चौधरी, अन्जना चन्द ठकुरी र निलिमा पाण्डेले गोल गरे। सीता ‘वुमन अफ द म्याच’ घोषित भइन्।



    वीरगन्जको आदर्शनगर खेल मैदानमा भएको दोश्रो तथा अन्तिम सेमिफाइनलमा सुदूरपश्चिमले मधेस प्रदेशलाई २–० गोलले हरायो। लक्ष्मी बम र ‘वुमन अफ द म्याच’ सुनिता नेगीले गोल गरे।

    फाइनल शनिबार हुने छ । शनिबारै गण्डकी र मधेस पनि तेश्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार