Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

स्थानीय निर्वाचनबारे छलफल गर्न आज बिहान ९ बजे बालुवाटारमा सर्वदलीय बैठक बस्दै

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज (शनिबार) का लागि सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयलका अनुसार देउवाले आज बिहान साढे ९ बजेका लागि बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन् ।

स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले शुक्रबार साँझ आज बिहान ९ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका थिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा सत्ता गठबन्धन, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहित संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ ।

शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले सार्वदलीय बैठक बोलाउनुअघि सत्ता गठबन्धनसँगै काँग्रेसका शीर्ष नेतासँग छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077