Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • स्थानीय निर्वाचनबारे छलफल गर्न आज बिहान ९ बजे बालुवाटारमा सर्वदलीय बैठक बस्दै

    स्थानीय निर्वाचनबारे छलफल गर्न आज बिहान ९ बजे बालुवाटारमा सर्वदलीय बैठक बस्दै

    अनलाइन नेपाल
  • शनिबार, ८ माघ २०७८
  • 969
    SHARES

    फाइल फोटो

    काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज (शनिबार) का लागि सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयलका अनुसार देउवाले आज बिहान साढे ९ बजेका लागि बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन् ।

    स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले शुक्रबार साँझ आज बिहान ९ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका थिए ।



    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा सत्ता गठबन्धन, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहित संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ ।



    शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले सार्वदलीय बैठक बोलाउनुअघि सत्ता गठबन्धनसँगै काँग्रेसका शीर्ष नेतासँग छलफल गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार