Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • स्रोत नखुलेको झण्डै १० लाखसहित दुईजना पक्राउ

    स्रोत नखुलेको झण्डै १० लाखसहित दुईजना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ८ माघ २०७८
  • 1.2K
    SHARES

    फाइल तस्विर

    सप्तरी । स्रोत नखुलेको ९ लाख ९० हजार रुपैयाँसहित सप्तरीमा दुईजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ बस्ने २९ वर्षीय राजेशकुमार चौधरी र शम्भुनाथ नगरपालिका–१२ बस्ने २४ वर्षीय दिलिपकुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।



    राजविराज नगरपालिका–५ मा प्रदेश नम्बर २–०१–००३ प ३४७८ नम्बरको मोटरसाइकल जाँच गर्दा रकमसहित चौधरी र मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    दुवै जनालाई रकम र मोटरसाइकलसहित आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय सुनसरी पठाइएको काफ्लेले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार