Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • भरतपुर अस्पतालमा कुरुवालाई पास अनिवार्य

    भरतपुर अस्पतालमा कुरुवालाई पास अनिवार्य

    अनलाइन नेपाल
  • शनिबार, ८ माघ २०७८
  • 2K
    SHARES

    चितवन । कोरोना सङ्क्रमण बढेसँगै भरतपुर अस्पतालमा बिरामीका कुरुवालाई पास अनिवार्य गरिएको छ । एक बिरामीसँग एक जना मात्रै हुने गरी पास अनिवार्य गरिएको हो ।

    अस्पतालले यसअघि पनि पासको व्यवस्था गरेको भए पनि कार्यान्वयनमा आउन सकेको थिएन । एक बिरामीका लागि धेरै कुरुवा र भेट्ने मानिसको भिड लाग्ने भएपछि सङ्क्रमण फैलिनसक्ने भन्दै पासलाई कडाइ गरिएको हो ।



    अस्पताल प्रशासनले शुक्रबार सूचना जारी गर्दै एक बिरामीका लागि एक मात्रै कुरुवा राख्नुपर्ने साविकको नियमलाई पालना गर्नका लागि पासको व्यवस्था गरिएको जनाएको छ ।



    बिना पासका व्यक्तिलाई अस्पतालको अन्तरङ्ग विभागमा प्रवेश गर्न रोक लगाईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार